ad ad

कला


‘दिमाग खराब’को टिमले मंगलबारसम्म प्रदर्शन नरोक्ने, मंसिर ५ गते अर्को वार्ता

‘दिमाग खराब’को टिमले मंगलबारसम्म प्रदर्शन नरोक्ने, मंसिर ५ गते अर्को वार्ता

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १७:३८, काठमाडौँ

फिल्म ‘दिमाग खराब’ टिमले आगामी मंगलबारसम्म प्रदर्शन नरोक्ने भएको छ।

नेपाल चलचित्र संघ र फिल्म टिमबीच मंसीर ५ गते वार्ता बस्ने सहमती भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने जानकारी दिएको हो। 

आज निर्माण टिमको मागलाई लिएर नेपाल चलचित्र संघसँग बैंठक बसेको थियो।

बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।

‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .