ad ad

कला


अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु : बलिउड गीतकार समिर अञ्जान

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु : बलिउड गीतकार समिर अञ्जान

नेपालखबर
मंसिर ३, २०८० आइतबार १५:२१, काठमाडौँ

बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ।

काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो। समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन्। 

विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन्। 

कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताए। उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको पनि बताए। आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिवद्धता उनले जनाए।

कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समिर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए। उनले मानिसहरू उहाँका गाना सुनेर र गुन्गुनाएर उहाँको माया प्रकट गर्ने पनि बताए। 

अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गर्दै उनले गीतले हरेक मानिसलाई जिउन सिकाउने पनि बताए।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .