अभिनेताद्वय आर्यन सिक्देल र प्रदीप खड्का एकसाथ काम गर्ने भएका छन्। उनीहरू दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘पुजार सार्की’ मा अनुबन्धित भएका हुन्।
आर्यन र प्रदीप फिल्ममा मूख्य भूमिकाका लागि अनुबन्धित भएको राउतले फेसबुकमार्फत जानकारी दिए। साथै दर्शकबाट आएको प्रतिक्रियालाई मध्यनजर गर्दै दुबै कलाकारलाई एकै फिल्ममा जोडेको समेत उल्लेख गरेका छन्।
राउतले यसअघि पनि आर्यन र प्रदीपसँग सहकार्य गरिसकेका छन्।
आर्यनसँग ‘क्लासिक’ र प्रदीपसँग ‘प्रकाश’ मा काम गरिसकेका छन्।
फिल्मको छायाङ्कन भने माघको पहिलो साताबाट सुरु हुनेछ।
वास्तविक कथा र पात्रबाट प्रभावित भएर बन्न लागेको यस फिल्मको छायाङ्कन पश्चिम नेपालमा गरिने बताइएको छ। सुभाष भुसाल निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन रहेको छ।
48
Shares
प्रतिक्रिया