ad ad

कला


प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा (भिडिओ)

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा (भिडिओ)

नेपालखबर
पुस १८, २०८० बुधबार १५:७, काठमाडौँ

सोमबार मात्र सार्वजनिक गायक प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको शीर्ष स्थानमा पुगेको छ। 

प्रकाशकै शब्द तथा संगीत रहेको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो। 

गायक सपुतकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक ‘मुटु कटक्कै’को भिडिओको भ्युज ११ लाखभन्दा माथि भइसकेको छ।

‘मुटु कटक्कै’ को भिडिओ सोमबार  गायनमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएको गीतले माया नलगाएको र प्रेममा पीडा नभोगेका व्यक्ति कोही नहुने भनेको छ। 

उक्त गीतमा प्रेममा पीडा पाएका पुरुषहरूका लागि रुने ठाउँ ‘रुवाबासी सेन्टर’ पनि स्थापना गरिएको छ। जसले निकै चर्चा पाइरहेको छ। 

गीतको भिडिओमा प्रकाश सपुत र कुसुम शर्माको जोडी बाँधिएको छ भने रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्माले पनि अभिनय गरेका छन्। 

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओ प्रविन भट्टले सम्पादन गरेका हुन्। निर्देशन प्रकाश नै गरेका हुन्।

हेर्नुहोस् गीतको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .