अभिनेता दयाहाङ राईसहित निर्देशक नवीन सुब्बा नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्।
उनीहरु फेस्टिभलको ओपनिङ फिल्म ‘गाउँ आएको बाटो’ स्क्रिनिङमा सहभागी हुनेछन्।
जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा ‘गाउँ आएको बाटो’ देखाइनेछ। अमेरिका रिलिजको पूर्वसन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्।
आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ। फिल्मले गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ।
फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।
12
Shares
प्रतिक्रिया