ad ad

कला


अब विद्यालयमा गीत बजाउँदा पनि ‘रोयल्टी’ तिर्नुपर्ने

अब विद्यालयमा गीत बजाउँदा पनि ‘रोयल्टी’ तिर्नुपर्ने

नेपालखबर
असार ६, २०८१ बिहिबार १९:४७, काठमाडौँ

अबदेखि विद्यालयमा गीत बजाउँदा पनि ‘रोयल्टी’ तिर्नुपर्ने भएको छ। संगीत रोयल्टी संकलन समाजले सोही प्रयोजनका लागि शिव म्युजिक प्रालीलाई एजेन्सी नियुक्त गरेको छ। 

रोयल्टी संकलन समाजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महम्मद रफी ऐराकीका अनुसार, प्रतिलिपि अधिकार नियमावली, २०६१ को नियम १० ‘ग’ अनुसार सो नियुक्ति दिइएको हो। 

‘हामीले सार्वजनिक आह्वान गरेर एजेन्ट नियुक्त गरेका हौँ,’ उनले भने, ‘हाम्रो बीचमा कम्पनीसँग सम्झौता भएको छ, सम्झौताका सबै विवरण सार्वजनिक गर्न मिल्दैन।’

समाजबाट सो अधिकार प्राप्त गरेसँगै शिव म्युजिक प्रालिले विभिन्न विद्यालयहरूमा पत्र लेख्न थालेको छ। 

शिव म्युजिक प्रालिले पत्रमा लेखेको छ, ‘...गीत-संगीतका स्रष्टाका बौद्धिक सम्पत्ति भएको हुँदा सो को सार्वजनिक प्रयोग गर्नुपूर्व नै अनिवार्य रूपमा तोकिएको रोयल्टी तिरेर गीत संगीतको इजाजतपत्र लिएर मात्र गीत संगीतको सार्वजनिक प्रयोग गर्नुपर्ने ऐनले व्यवस्था गरेको बाध्यकारी नियम भएको हुँदा सो कार्य गर्न पूर्वअनुमति लिनुहुन निर्देशानुसार अनुरोध गर्दछौँ।’

समाजको यस निर्णयप्रति संगीत क्षेत्रबाटै विरोध पनि सुरू भएको छ। नेपथ्य ब्यान्ड (नेपालय)का किरणकृष्ण श्रेष्ठले यस निर्णयप्रति सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरेका छन्। 

‘यो के नाटक हो? स्कुलहरूमा शैक्षिक प्रयोजनको लागि प्रयोग हुने गीतको प्रयोगबापत रोयल्टी उठाउने अधिकार कसले यो एजेन्टलाई दियो?’ श्रेष्ठले लेखेका छन्, ‘अरूको बारे म बोल्न सक्दिनँ तर यिनलाई नेपथ्य ब्यान्डको गीतवापत एक पैसा पनि उठाउने अख्तियारी छैन। स्कुलहरूले मज्जाले प्रयोग गरे हुन्छ, नाचे हुन्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .