ad ad

कला


घरज्वाइँ’ को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम (भिडिओ)

घरज्वाइँ’ को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम (भिडिओ)

नेपालखबर
असार ७, २०८१ शुक्रबार १६:४१, काठमाडौँ

दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’ ले नयाँ गीत रिलिज सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘बिन्जुरी’ बोलको गीत प्रेमिल छ।  

राम अविरलको बिष्टको शब्द रहेको गीतमा एसडी योगीको स्वर सुन्न सकिन्छ। गीतमा संगीत पनि योगीले नै भरेका छन्।

गीतको भिडिओमा दया र मिरुना फिचर्ड छन्। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो। दयाहाङले मिरुनाको प्रेममा परिरहेको भिडिओमा देख्न सकिन्छ।  

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्।

पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन्। उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

अनिल बुढामगर निर्देशित यो फिल्म असार २८ गतेबाट रिलिज हुँदैछ। ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा को अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .