ad ad

कला


‘मिस ग्रान्ड नेपाल २०२४’ को घोषणा

‘मिस ग्रान्ड नेपाल २०२४’ को घोषणा

प्रतियोगिताको आवेदन खुला गरिएको छ (तस्बिर : सरोज बैजु)


नेपालखबर
असार ९, २०८१ आइतबार १७:४५, काठमाडौँ

सौन्दर्य प्रतियोगीता ‘मिस ग्रान्ड नेपाल २०२४’ हुने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच ‘ब्रेभ, बोल्ड र ब्युटिफुल’ को नारासहित पहिलो संस्करणको घोषणा गरिएको हो।

साथै प्रतियोगिताको आवेदन समेत खुला गरिएको छ। यस प्रतियोगिमा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका महिलाहरूले आवेदन दिनसक्नेछन्। 

आवेदनहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुनुपर्नेछ। 

प्रतियोगितमा सहभागिता जनाउनका लागि असार ३१ गतेभित्र फर्म भरिसक्नु पर्नेछ। यो अवधिमा फाराम भर्ने प्रत्येक सहभागीले आयोजक संस्थाले निर्धारण गरेको सम्पूर्ण नियम तथा सर्त पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

उमंग क्रियशनले ‘मिस ग्रान्ड नेपाल’ को फ्रेन्चाइज सन् २०२३ देखि लिएको हो। विगत पाँच वर्षदेखि उमङ्ग क्रियशन सौन्दर्य प्रतियोगामा सक्रिय छ। 

यसअघि उमंग क्रियशनले ‘मिस युनिभर्स नेपाल’ आयोजना गरेको थियो। 

यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी ७ अगष्ट अर्थात् भदौ ११ गते हुनेछ। विजेताले मिस ग्राण्ड इन्टरनेसनलमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।  

प्रशान्त ताम्राकार मिस ग्राण्ड इन्टरनेसनलको निर्देशक र कोरियोग्राफरको रुपमा रहेका छन्। ताम्राकारले यस प्रतियोगिताले सुन्दरता मात्रै नभई महिलाहरुमा भएको ट्यालेन्ट र क्षमता हेर्ने बताउँदै सरकारको पनि यसमा संलग्नता हुनुपर्ने सुनाए।

यस प्रतियोगिताको माध्यमबाट नेपाली नारीले आफ्ना सामाजिक वकालतका विषयहरूलाई विश्वसामु प्रस्तुत गर्ने उमंग क्रियशनका निर्देशक उद्धव अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .