एक महिलाले सबैभन्दा लामो नङ पालेर विश्व कीर्तिमान कायम गरेकी छन्।
अमेरिकाको मिनेसोटाकी ६३ वर्षीय डियाना आम्स्ट्रङलाई मंगलबार गिनिज वर्ल्ड रेकर्डसले उनको कीर्तिमानलाई मान्यता दिएको हो। गिनिज वर्ल्ड रेकर्डसका अनुसार उनको दुवै हातको नङको समग्र लम्बाइ ४२ फिट छ।
आम्टर्डमले पछिल्लो २५ वर्षदेखि आफूले हातको नङ पालेर राखेको उल्लेख गरेकी छिन्। उनको बूढीऔंलाको नङ सबैभन्दा लामो चार फिट ६.७ इन्चको छ भने सबैभन्दा सानो कान्छीऔंलाको नङ ३ फिट ७ इन्चको छ।
आम्सर्डमका अनुसार उनकी कान्छी छोरीको सम्झनामा उनले नङ पाल्न थालेकी हुन्।
दमको कारण १६ वर्षको उमेरमा मृत्यु भएकी उनकी छोरीले नङमा पालिस लगाइदिने काम गर्थिन्।
नङ धेरै बढ्न थालेपछि उनलाई अन्य सन्तानले नङ काट्न आग्रह गरेका थिए। तर, उनले आफ्नो व्यक्तिगत विषयमा चासो नदिन उनीहरुलाई आग्रह गरिन् र नङ काटिनन्।
यसअघि पनि सबैभन्दा लामो नङको कीर्तिमान अमेरिकाकै आएना विलियम्सको नाममा थियो। उनको दुवै हातको नङको लम्बाइ १८ फिट ८ इन्च थियो।
Shares
प्रतिक्रिया