रुसी सेनाले मोरिउपोल सहरमा आक्रमणको क्रममा पक्राउ परेका २१५ युक्रेनी नागरिकलाई रिहा गरेको छ। युक्रेनका एक शीर्ष अधिकारीले बुधबार रुसी सेनाले युक्रेनी नागरिकहरु रिहा भएको बताएका हुन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुखले दिएको जानकारीअनुसार अहिले रिहा हुनेमा एजोभ ब्याटलियनका कमाण्डर र डेपुटी कमाण्डर पनि रहेका छन्।
रुसले अनपेक्षितरुपमा युक्रेनी नागरिकहरुलाई रिहा गरेको हो। गत महिना युक्रेनका रुस समर्थित विद्रोहीले एजोभका सेनाविरुद्ध रुसमा मुद्दा चल्न सक्ने बताएका थिए।
मारिउपोलमा लामो समयसम्म युक्रेनी सेनाले रुसलाई रोक्न सफल भए पनि अन्ततः आत्मसमर्पण गरेका थिए।
रुसी सेनाले युक्रेनी नागरिकलाई रिहा गरेसँगै युक्रेनले पनि ५५ रुसी बन्दीलाई रिहा गरेको छ। उत्तरी युक्रेनी सहर चेर्निहिभमा यो साटफेर भएको अन्तर्राट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।
यसअघि साउदी अरेबियाको मध्यस्थतामा रुसले १० युक्रेनी नागरिकलाई रिहा गरेको थियो।
Shares
प्रतिक्रिया