ad ad

ग्लोबल


चक्रवात : गुजरातबाट ७४ हजार मानिसलाई अस्थायी शिविरमा सारियो

चक्रवात : गुजरातबाट ७४ हजार मानिसलाई अस्थायी शिविरमा सारियो

नेपालखबर
जेठ ३२, २०८० बिहिबार ८:१३, काठमाडौँ

भारतमा बिपरजोय नामक सामुद्रिक आँधी (चक्रवात) शक्तिशाली बन्दै गएको छ। अरब सागरमा बनेको उक्त चक्रवात आज (बिहीबार) बिहान भारतको गुजरात र पाकिस्तानको कराँचीको बीचमा उग्र रूप लिने भारतीय मौसम विभागले जनाएको छ।

८ किलिमिटर प्रति घन्टाको रफ्तारमा उत्तर पश्चिम दिशा बढेको उक्त आँधी मंगलबार रातिदेखि उत्तर र उत्तरपूर्व दिशातिर बढेको थियो। हाल आँधी १५० किलोमिटर प्रति घन्टाको रफ्तारमा अगाडि बढिरहेको छ। तटीय क्षेत्रतर्फ सरेको आँधीको प्रभाव गुजरात र महाराष्ट्रमा देखिएको छ।

दुवै राज्यमा समुन्द्रमा उच्च छाल उठिरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। आज यस आँधीको महत्वपूर्ण प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आँधी बिहीबार साँझ गुजरातको सौराष्ट्र र कच्छको तटीय क्षेत्रमा प्रवेश गर्नेछ। यसैगरी यसको प्रभाव महाराष्ट्रमा पनि देखिएङ्को छ।

सामुद्रिक आँधीका कारण समुद्रमा छाल उठिरहेको छ, भोलि शुक्रबार महारष्ट्र र गुजरातलगायतका धेरै राज्यमा भारी वर्षा हुनसक्ने बताइएको छ। ८ जिल्लाका ४४२ गाउँलाई सम्भावित अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ।

विपद् पूर्वतयारीका रूपमा गुजरात भएर चल्ने पश्चिम रेलवेका ९५ वटा रेल रद्द गरिएको छ। शुक्रबारसम्मका लागि रेल सेवा रद्द गरिएकोमा प्रभाव हेरेर १७ जुन (शनिबार) देखि पुन: सञ्चालन गर्ने/नगर्ने निर्णय हुनेछ।

सुरक्षालाई ध्यानमा राखेर गुजरातबाट  ७४ हजार मानिसलाई स्थानान्तरण गरिएको छ। उनीहरूलाई अस्थायी शिविरमा पठाइएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .