ad ad

ग्लोबल


इरानले भन्यो- इजरायलमा हाम्रो हमला हानिया र नसरल्लाह हत्याको जवाफ

जवाफी कारबाही गरे थप मिसाइल प्रहार गर्ने चेतावनी
इरानले भन्यो- इजरायलमा हाम्रो हमला हानिया र नसरल्लाह हत्याको जवाफ

नेपालखबर
असोज १६, २०८१ बुधबार ८:१२, काठमाडौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ। इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरिएको बताइएको छ।

इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने चेतावनी पनि दिइएको छ।

निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाह हत्याका साथै लेबनान र प्यालेस्टाइनका जनता मारिएको जवाफमा यो आक्रमण गरिएको बताएको छ।

उक्त विज्ञप्तिमा इजरायलका महत्त्वपूर्ण लक्ष्यलाई निशाना बनाइएको र यस विषयमा पछि जानकारी दिइने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .