भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङको नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन्। आईपीएस अफिसरका रुपमा सरकारी सेवामा प्रवेश गरेका उनलाई मंगलबार सो पदमा नियुक्त गरिएको हो।
हालका प्रमुख सामन्त गोयलको पदावधि जुन ३० मा सकिँदैछ। त्यसपछि सिन्हाले प्रमुख पद सम्हाल्ने छन्।
सिन्हा दुई वर्षे कार्यकालका लागि सो पदमा नियुक्त भएका हुन्।
सिन्हा १९८८ मा भारतीय प्रहरी सेवा (आईपीएस) मा प्रवेश गरेका थिए।
हाल उनी मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवका रुपमा कार्यरत छन्।
मन्त्रिपरिषदको नियुक्ति परिषदले उनलाई गुप्तचर एजेन्सी प्रमुखमा नियुक्त गरेको हो। एजेन्सी
93
Shares
प्रतिक्रिया