ad ad

ग्लोबल


चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु

चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु

नेपालखबर
असार ७, २०८० बिहिबार ९:४१, काठमाडौँ

चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो विस्फोट भएको छ। विस्फोटमा अहिलेसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको बताइएको छ।

यो विष्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो। दुर्घटनाको कारण एलपीजी ग्यास ट्यांकीमा लिकेज भएको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्यूजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ।

उक्त विस्फोटमा सात जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी जिनपिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताएका छन्।

यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भएका थिए। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .