चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मंगलबार बिहान पहिरो जाँदा सात जना बेपत्ता भएका छन्।
छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।
स्थानीय समयअनुसार मंगलबार बिहान साढे दस बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो। चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन्।
3
Shares
प्रतिक्रिया