ad ad

ग्लोबल


मत्थर भएन फ्रान्समा फैलिएको हिंसा, २३ सय जना पक्राउ

मत्थर भएन फ्रान्समा फैलिएको हिंसा, २३ सय जना पक्राउ

नेपालखबर
असार १७, २०८० आइतबार ९:१२, काठमाडौँ

फ्रान्समा भएको अल्जेरियाली मूलका १७ वर्षीय किशोरको हत्यापछि देशभर फैलिएको हिंसाको आगो अझै शान्त भएको छैन। शनिबार राति पनि हिंसा जारी रह्यो।

नहेल नामका एक युवकलाई प्रहरीले मंगलबार नान्तेरे सहरमा गोली हानेको थियो। उक्त घटनापछि नान्तेरेसहित लगभग पुरै देशमा हिंसा भड्कियो। नाहेलको शनिबार दाहसंस्कार गरिएको छ। यस अवसरमा नान्तेरेको इब्न बादिस मस्जिदमा विशेष प्रार्थना सभाको आयोजना गरिएको थियो।

स्थानीय पत्रिकाका अनुसार यसका लागि मस्जिदमा ठूलो संख्यामा मानिसहरु आएका थिए । यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण तत्कालका लागि स्थगित गरेका छन् ।

२३ वर्षपछि पहिलो पटक फ्रान्सेली राष्ट्रपति जर्मनीको औपचारिक भ्रमणमा आउन जान लागेकोमा उक्त भ्रमण स्थगित गरिएकोो छ। भ्रमणको अर्को मिति भने घोषणा गरिएको छैन ।

फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले चौथो रातमा हिंसामा केही कमी आएको र ४७१ जनालाई पक्राउ गरिएको बताएका छन्। जबकि तेस्रो रातको हिंसामा ९१७ जना पक्राउ परेका छन् ।

हालसम्म फ्रान्समा २ हजार ३ सयभन्दा बढी पक्राउ परिसकेका छन्। धेरै सहरमा कर्फ्यू लगाइएको छ भने स्थिति नियन्त्रण गर्न ४५ हजार प्रहरी सडकमा छन्। ब्रसेल्समा हिंसा भड्काएको आरोपमा थप १०० जनालाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। बेलायतले आफ्ना नागरिकहरूलाई फ्रान्स भ्रमण नगर्न भनेको छ।

यसैबीच, फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पेले हिंसाबाट समाधान ननिस्कने भन्दै शान्तिको अपिल गरेका छन्।

उनले मृतकको शोक मनाउन, आपसमा वार्ता गरेर समस्या समाधान गर्न र हिंसामा भत्किएका सामानको पुनर्निर्माण गर्न जनतालाई अपिल गरेका हुन्।

यसैबीच गोली प्रहार गर्ने प्रहरी अधिकारीले माफी मागेका छन्। उनले नाहेलको परिवारसँग माफी मागेका हुन्। उनलाई हत्याको अभियोग लगाइएको छ।

तर १७ वर्षीय अल्जेरियन मूलका किशोरको मृत्युपछि मानिसहरूले फ्रान्सेली उपनगरको प्रहरीमा प्रहरी र जातीय प्रोफाइलिङमाथि प्रश्न उठाइरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .