ad ad

ग्लोबल


इरानले गर्‍यो इजरायलमा मिसाइल आक्रमण

इरानले गर्‍यो  इजरायलमा मिसाइल आक्रमण

नेपालखबर
असोज १६, २०८१ बुधबार ७:५३, काठमाडौँ

इजरायली सेना (आईडीएफ) ले इरानले मंगलबार राति इजरायलमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। 

इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेको छ।

साइरन सुन्नेबित्तिकै सुरक्षित स्थानमा सर्न र अर्को सूचना नआएसम्म त्यहीँ बस्न नागरिकलाई भनिएको छ।

बीबीसीका अनुसार यसअघि तेल अभिभमा गोली चलेको आवाज सुनिएको थियो। प्रहरी प्रवक्ताका अनुसार यस घटनामा धेरै मानिस घाइते भएका छन्।

यसअघि अमेरिकाले इरानबाट आक्रमण हुन सक्ने बताएको थियो।

यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध जमिन आक्रमण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .