ad ad

ग्लोबल


भारतकी १७ वर्षीया किशोरी जब पाकिस्तानका युवकसँग प्रेममा परिन्...

भारतकी १७ वर्षीया किशोरी जब पाकिस्तानका युवकसँग प्रेममा परिन्...

तस्बिर : दैनिक भास्करबाट


नेपालखबर
साउन १३, २०८० शनिबार ८:४१, काठमाडौँ

भारत राजस्थानमा एक किशोरी पाकिस्तानी प्रेमी भेट्न पाकिस्तान जान लाग्दा पक्राउ परेकी छन्। 

भारतीय अनलाइन दैनिक भास्करका अनुसार राजस्थानस्थित सिकरकी १७ वर्षीया किशोरी आफ्ना प्रेमीलाई भेट्न पाकिस्तान जान लाग्दा सीआइएसएफले समातेको हो।

एयरपोर्टमा पाकिस्तान जाने टिकट मागेपछि उनीप्रति शंका उत्पन्न भएको थियो। सुरुमा उनले आफूलाई पाकिस्तानी बताएकी थिइन्, तर कडा सोधपुछपछि उनी भारतीय भएको र पाकिस्तान लाहोरका केटा अस्लम लाहोरीसँग आफू प्रेममा रहेको र त्यतै जान लागेको बताएकी थिइन्।

खासमा उनकै प्रेमी अस्लमले उनलाई विमानस्थलमा आफू पाकिस्तानी भएको बताउन भनेका थिए। 

पाकिस्तान जान लागेकी ती किशोरीसँग सोधपुछ गर्न महिला केन्द्रबाट महिलालाई पनि बोलाइएको थियो। प्रहरीले उनको मोबाइल पनि जाँच गरिरहेको छ। उनी जम्मा २५० रुपैयाँ (भारतीय) लिएर पाकिस्तान जाँदै थिइन्।

यो पनिसामाजिक सञ्जालबाट माया बसेपछि प्रेमी भेट्न पाकिस्तान पुगिन् चिनियाँ युवती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .