युक्रेनी सैनिकहरुले रुससँगको लडाइँमा उत्तर कोरियामा बनेको रकेट प्रयोग गरिरहेको खुलासा भएको छ।
उत्तर कोरिया रुसको मित्रशक्ति हो। हालै रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले उत्तर कोरियाको भ्रमण गरेका छन्।
तर, उत्तर कोरियामा बनेका रकेट कसरी युक्रेनी सेनाको हातमा पुग्यो भन्ने चाहिँ स्पष्ट भएको छैन।
तर, १९८० र ९० को दशकमा बनेका ती रकेट उत्तर कोरियाले प्रयोग गरिरहेको फाइनान्सियल टाइम्सले पुष्टि गरेको छ।
युक्रेनी सैनिकहरुले ती रकेट कुनै सहयोग मुलुकले जहाज कब्जा गरेर युक्रेन पठाइदिएको सैनिकहरुले बताएका छन्।
तर, युक्रेनी रक्षा मन्त्रालयले भने ती रकेटहरु रुसबाट कब्जा गरेको संकेत गरेका छन्।
केही महिनाअघि रुसले युक्रेनसँग गोलाबारुद किन्ने प्रयास गरिरहेको आरोप अमेरिकाले लगाएको थियो।
उत्तर कोरियाली रकेट सोभियत कालमा निर्मित ग्राड मल्टिपल लन्च रकेट सिस्टममार्फत प्रहार गर्न सकिन्छ। यो सिस्टमले २० सेकेन्डभन्दा कम समयमा ४० वटा रकेट प्रहार गर्न सक्छ।
Shares
प्रतिक्रिया