ad ad

ग्लोबल


लद्दाखमा ट्रक ६० फिट तल खस्दा ९ जना भारतीय सैनिकको मृत्यु

लद्दाखमा ट्रक ६० फिट तल खस्दा ९ जना भारतीय सैनिकको मृत्यु

नेपालखबर
भदौ ३, २०८० आइतबार १०:५६, काठमाडौँ

लद्दाखमा भारतीय सेना चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार साँझ भारतीय सेनाका जवान एम्बुलेन्ससहित पाँचवटा गाडीमा लेहबाट लद्दाखस्थित केरीका लागि प्रस्थान गरेका थिए। उनीहरू क्यारीमा बनाइएको सेनाको डिभिजनल हेडक्वाटरतर्फ जाँदै थिए। तर त्यहाँ पुग्नुभन्दा ७ किलोमिटरअगाडि न्योमानजिकै सेनाको ट्रक चिप्लिएर ६० फिट गहिरो खाडलमा खसेको हो। 

उक्त ट्रकमा एक जेसीओसहित १० जना जवान थिए। तीमध्ये ९ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा हवलदार अनुज कुमार, गनर तरनदीप सिंह, गनर चन्द्रशेखर, लान्स नायक तेजपाल सिंह, नायब सुभेदार रमेश लाल, लान्स नायक मनमोहन सिंह, डीएमटी अंकित कुण्डु, हवलदार विजय कुमार, हवलदार महेन्द्र सिंह सिकरवार र डीएमटी वैभव भोइटे 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .