ad ad

ग्लोबल


हमासले आक्रमण गरेको क्षेत्रबाट ३ नेपाली सम्पर्कविहीनः एनआरएनए

हमासले आक्रमण गरेको क्षेत्रबाट ३ नेपाली सम्पर्कविहीनः एनआरएनए

नेपालखबर
असोज २०, २०८० शनिबार २३:४६, काठमाडौँ

इजरायलमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा परेका तीन नेपाली सम्पर्कविहीन रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एनआरएनएले बताएको छ । एनआएनएका अनुसार, त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए । तीमध्ये ९ जना घाइते भएका छन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ भने ३ जना सम्पर्कविहीन छन् । आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी रहेको एनआएनएले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद्ले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न संघले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .