ad ad

ग्लोबल


हमास भन्छ– इजरायलले गाजामा आक्रमण गरी एकै रातमा ८० मानिस मार्‍यो

हमास भन्छ– इजरायलले गाजामा आक्रमण गरी एकै रातमा ८० मानिस मार्‍यो

नेपालखबर
कात्तिक ८, २०८० बुधबार १३:१३, काठमाडौँ

गाजामा कब्जा गरेको हमास सरकारले गएराति इजरायली आक्रमणमा परी कम्तीमा ८० जनाको मृत्यु भएको जनाएको छ।

हमास सरकारको मिडिया कार्यालयले विज्ञप्ति जारी गरी उक्त कुरा बताएको हो। समाचार एजेन्सी एएफपीका अनुसार इजरायलको कारबाहीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सयौं घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

हमास लडाकुहरूले यही अक्टोबर ७ मा इजरायलमा अकस्मात् आक्रमण गरेका थिए। जसमा १४ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यसयता इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको छ। 

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म ५८०० भन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ।

गाजामा मंगलबार मात्र ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरिएको छ, जुन एकै दिनमा भएको सबैभन्दा बढी मृत्यु हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .