इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिबार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको बताएका छन्।
सहायता पठाउने सबैलाई धन्यवाद दिँदै उनले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको छ भन्नेबारे पत्ता लाग्न नसक्दा त्यहाँको आवश्यकता अझै पहिचान गर्न कठिन भइरहेको बताए।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गरे। उनले इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद दिए।
एलशारकावीले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान समेत गरे। -सिन्ह्वा
54
Shares
प्रतिक्रिया