ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै ऊसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ।
बीबीसीका अनुसार बोलिभियाका उपविदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका छन्।
हमाससँग द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो।
यो देशले युद्धविरामका लागि अपिल गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो।
बोलिभियाले गाजापट्टीका विषयमा पहिले पनि इजरायलसँग सम्बन्ध तोडेको थियो। यसको झण्डै एक दशकपछि सन् २०१९ मा मात्रै यी दुईबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।
57
Shares
प्रतिक्रिया