ad ad

ग्लोबल


अस्ट्रियाको यहुदी समाधिस्थलका भित्तामा स्वस्तिक चिह्न, झस्किए राष्ट्रपति र प्रधानमन्त्री

अस्ट्रियाको यहुदी समाधिस्थलका भित्तामा स्वस्तिक चिह्न, झस्किए राष्ट्रपति र प्रधानमन्त्री

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ९:३५, काठमाडौँ

इजरायल–हमास जारी लडाइँका बीच अस्ट्रियाको यहुदी समाधिस्थल (चिहान) का भित्तामा स्वस्तिक प्रतीक देखिएपछि त्यहाँका नेता झस्किएका छन्। 

मंगलबार र बुधबारका बीच यहुदी समाधिस्थलका भित्तामा स्वस्तिक चिह्न कोरिएका हुन्।  समाधिस्थलको एउटा हलमा आगलागी पनि भएको पाइएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ। 

अस्ट्रियाका यहुदी समुदायका प्रमुख ओस्कर ड्युचले भित्तामा स्वस्तिक र हिटलरको नाम देख्दा त्रास उत्पन्न भएको बताएका छन्। उनका अनुुसार आगलागीबाट समाधिस्थलमा क्षति पनि पुगेको छ।

अस्ट्रियाका चान्सलर कार्ल नेहामरले घटनाको कडा शब्दमा निन्दा गरेका छन् र सबै राजनीतिक र कानुनी माध्यमबाट यहुदीविरोधी विचारविरुद्ध लड्ने वाचा पनि गरेका छन्।

अस्ट्रियाका राष्ट्रपति अलेक्ज्यान्डर भान गेर बेलेनले यो देखेर आफू छक्क परेको र हालैका हप्तामा देशमा यहुदीविरोधी घटना बढेको बताए।
जर्मनीमा दोस्रो विश्वयुद्धको समयमा, एडोल्फ हिटलरले यहुदीहरूलाई लक्ष्य गर्न स्वस्तिक चिह्न प्रयोग गरेका थिए।

स्वस्तिकको अर्थ संस्कृतमा ‘सौभाग्य’ हो। हजारौँ वर्षदेखि यो प्रतीक हिन्दू, बौद्ध र जैन धर्मका मानिसहरूले प्रयोग गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .