ad ad

खेल


ओमानविरुद्ध नेपालको घातक बलिङ

ओमानविरुद्ध नेपालको घातक बलिङ

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ९:३८, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपालले चार विकेट लिएको छ। 

ओमानविरुद्ध सोमपाल कामीले दुई विकेट लिए। 

छैटौँ ओभरमा सोमपालले कप्तान जेसन मक्सुदलाई शून्य रनमा नै बोल्ड आउट गरे। 

पाचौं ओभरको अन्तिम बलमा गुलसन झाले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए। 

त्यसअघि सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे। 

अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले छैटौँ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ३८ रन बनाएर खेलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .