ad ad

ग्लोबल


इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या साढे १० हजार नाघ्यो : हमास

इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या साढे १० हजार नाघ्यो : हमास

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १८:५२, काठमाडौँ

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलसँगको द्वन्द्वमा अहिलेसम्म  मारिनेको संख्या साढे १० हजार नाघेको जनाएको छ। 

अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको हो। जसमा ४ हजार ३२४ जना बालबालिका छन्।

बीबीसीका अनुसार यो संख्या अक्टोबार ७ देखि जारी द्वन्द्वमा मारिनेको संख्या हो। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो।

इजरायली सेनाका अनुसार यस हमलामा करिब १४०० जनाको मृत्यु भएको थियो भने हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .