अमेरिकी सेनाले पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ।
अमेरिकी सेनाका अनुसार यो हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको हो।
बीबीसीका अनुसार इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले हेलिकप्टर दुर्घटना भई सैनिकको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
351
Shares
प्रतिक्रिया