अमेरिकाले प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का नेता अक्रम अल–अजौरीलाई गत महिना इजरायलमा भएको हमास आक्रमणमा संलग्न भएको भन्दै ‘वैश्विक आतंकवादी’ घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार हमासको आक्रमणसँग सम्बन्धित व्यक्ति र संस्थाविरुद्ध तेस्रो चरणको प्रतिबन्ध घोषणा गरेको छ।
अमेरिकाले यो प्रतिबन्ध हमास र उनका समर्थकविरुद्ध प्रभावकारी बनाउन बेलायतसँग मिलेर काम गर्ने बताएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) को नेतृत्वका कारण अक्रम अल-अजौरीलाई ‘विशेष रूपमा नामित विश्वव्यापी आतंकवादी’ घोषणा गरिएको छ।’
विज्ञप्तिअनुसार अजौरी पीआईजेका उपमहासचिव र यसको लडाकु विङ–अल–कुड्स ब्रिगेड’का नेता हुन्।
84
Shares
प्रतिक्रिया