सेनामा भर्ती हुनबाट बच्न २० हजार युवाहरु देश छाडेर भागेको खुलासा भएको छ। थप २१ हजारभन्दा बढी भाग्ने प्रयास पक्राउ परेको बताइएको छ।
बीबीसीका अनुसार लडाइँ सुरु भएयता सेनामा अनिवार्य भर्तीबाट बच्न ती मानिसहरु ज्यान जोखिममा पारेर भागेका हुन्।
सो क्रममा कतिपयले खतरनाक नदी पौडेर तरेको र कतिपय अँध्यारोमा लुकेर भागेका हुन्।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि १८ देखि ६० वर्षबीचका अधिकांश पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो। तर, दैनिक दर्जनौँ भाग्ने गरेका थिए।
‘युक्रेनमा बसेर मैले के गर्ने?’ यव्गेनी नामक युवाको भनाइ बीबीसीले उधृत गरेको छ, ‘हरेक व्यक्ति योद्धा हुँदैनन्। सिंगो देश बन्द राख्न आवश्यक छैन।’
२०२२ यता रोमानिया, मोल्दोवा, पोल्यान्ड, हंगेरी र स्लोभाकियामा १९ हजार ७४० व्यक्ति अवैध तरिकाले प्रवेश गरेका छन्।
भाग्ने प्रयासमा पक्राउ परेका २१ हजारमध्ये १४ हजारले लुकिछिपी सीमा पार गर्ने कोसिस गरेका थिए। अरु ६ हजार ८ सयले भने बिरामी भएको बहाना वा नक्कली कागजातको सहारा लिएका थिए।
स्वास्थ्य समस्या भएका, परिवारका सदस्यको हेरचाह गर्नुपर्ने जिम्मेवारी भएका र तीन वा सोभन्दा बढी बालबालिकाका पिता भएको खण्डमा उनीहरुलाई सेनामा भर्ती हुनबाट छुट दिइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया