ad ad

ग्लोबल


दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु

दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु

नेपालखबर
मंसिर २, २०८० शनिबार १४:४४, काठमाडौँ

दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ।

दक्षिण अस्ट्रेलिया (एसए) को एक ग्रामिण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन्। एसए प्रहरी आयुक्त ग्रान्ट स्टीभेन्सले ब्रेभेट सार्जेन्ट जेसन डोइग, ५३ को मृत्यु भएको बताउनु पुष्टि गरे। 

डोइगले एसएको भिक्टोरियाको सीमाना नजिक एडिलेडको २४० किलोमिटर दक्षिणपूर्वमा, ११ बजेर २० मिनेटमा माइकल हचिन्सन र रिबेका काससँग एक व्यक्तिले बोर्डटाउन नजिकै गोली हानेको बताए। २६ वर्षीय हतियारधारी व्यक्तिले डोइगलाई गोली हानी मारेको बताइएको छ। 

स्टीभेन्सले पत्रकार सम्मेलनमा भने कि, ‘सहकर्मी र प्यारामेडिकहरूले डोइगलाई बचाउने प्रयास गरे तर उनको घटनास्थलमै मृत्यु भयो।’ हचिन्सन, ६९ लाई पनि गोली लागेको छ।

२६ वर्षीय संदिग्धलाई प्रहरीले गोली हानेको थियो र ज्यान जोखिममा परेका घाइतेको उपचारका लागि एडिलेड लगिएको छ। (सिन्ह्वाको सहयोगगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .