ad ad

ग्लोबल


प्यालेस्टिनीहरूको समर्थनमा इरानमा जुलुस

प्यालेस्टिनीहरूको समर्थनमा इरानमा जुलुस

प्यालेस्टिनीको समर्थनमा इरानीहरूले निकालेको जुलुस (सिन्ह्वा)


नेपालखबर
मंसिर ४, २०८० सोमबार ११:०,

इरानीहरूले युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूलाई समर्थन गर्न र तिनीहरूविरुद्ध इजरायलको आक्रमणको निन्दा गर्न देशभर जुलुस निकालेका छन्।

इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत अन्य सहरमा र्‍याली निकालिएको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

तेहरानमा भएको र्‍यालीमा प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलको विरुद्धमा नारा लगाएका थिए भने गाजाका प्यालेस्टिनी र बालबालिकाहरूलाई समर्थन जनाएका थिए।

तेहरानमा भएको र्‍यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्च पदस्थ इरानी अधिकारीहरूले भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .