ad ad

ग्लोबल


बंगलादेशमा आज अन्तरिम सरकार गठन नभए राजनीतिक शून्यता सिर्जना हुनेछ: बीएनपी

बंगलादेशमा आज अन्तरिम सरकार गठन नभए राजनीतिक शून्यता सिर्जना हुनेछ: बीएनपी

मंगलबार ढाकामा आयोजित बीएनपीको पत्रकार सम्मेलन


नेपालखबर
साउन २२, २०८१ मंगलबार १४:१२, काठमाडौँ

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले आज (मंगलबार) अन्तरिम सरकार गठन नभए देशमा राजनीतिक शून्यता सिर्जना हुन सक्ने बताएका छन्।

मंगलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तरिम सरकारका लागि अहिलेसम्म राष्ट्रपतिसमक्ष कुनै नाम प्रस्ताव नगरेको बताए। राष्ट्रपतिले अनुरोध गरेमा भने नाम पठाइने उनको भनाइ छ। 

विभेदविरोधी विद्यार्थी आन्दोलनका तर्फबाट नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नाम प्रस्ताव गरेको चर्चा चलेपछि  बीएनपीले उक्त स्पष्टीकरण दिएको हो। 

विद्यार्थीप्रति पूर्ण विश्वास रहेको तर सर्वदलीय कुरालाई महत्त्व दिनुपर्ने उल्लेख गर्दै बीएनपीले बताएको छ।

महासचिव आलमगिर तीन महिनाभित्र निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्न पनि आग्रह गरे। बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई पार्टीले छिट्टै स्वदेश फर्कन आग्रह गरेको उनले बताए।

आलमगिरले भने, ‘प्रतिशोधका लागि संस्थामा आक्रमण र लुटपाट गर्नेलाई रोक्नुपर्छ। उनीहरू आन्दोलनका मानिस होइनन्, आन्दोलनका विरोधी हुन्।’

बंगलादेश संकट अपडेट :

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .