ad ad

कर्णाली


हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवासीय विद्यालय

हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवासीय विद्यालय

नेपालखबर
असार १, २०८० शुक्रबार १६:१२, काठमाडौँ

कर्णाली प्रदेश सरकारले हिमालाी जिल्लाका बालबालिका तथा विद्यार्थीहरूको शिक्षाका लागि सुर्खेतमा आवासीय विद्यालय बनाएर पढाउने भएको छ।

शुक्रबार अर्थमन्त्री बेदराज सिंहले बजेट भाषण गर्दै हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवासीय विद्यालय बनाउने बताएका हुन्।

हिमाली जिल्लामा चिासो कारण ६ महिना विद्यालय सञ्चालन हुने र ६ महिना विद्यालय बन्द हुने स्थानका विद्यार्थीहरुलाई सुर्खेतमा आवासीय विद्यालय बनाएर शिक्षा प्रदान गरिने छ।

यस्तै, सरकारले ‘एक जिल्ला एक नमुना विद्यालय’ को लागि १४ करोड बजेट विनियोजन गरेको छ। 

यस्तै, एक निर्वाचन क्षेत्र एक सडक, ‘नदीमाथिका गरा बनाउछौँ हराबरा’, आर्कषक पर्यटकीय स्थल बनाउन पञ्चपुरी र भेरीगंगामा नमुना सहर, 
बड्डिचौरदेखि बाबियाचौरसम्मको सडकको कालोपत्रे हुने लगायतका योजनामा बजेट विनियोजन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .