कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी वर्षको लागि सो बजेट सार्वजनिक गरेका हुन्।
जसमा चालु खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार (५८.६५ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ४ अर्ब ८० करोड विनियोजन गरिएको छ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार र संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ अर्ब ८३ करोड र संघीय अनुदानबाट ७६ करोड १६ लाख आयको अनुमान उनले प्रस्तुत गरेका हुन्।
पूर्णपाठ
72
Shares
प्रतिक्रिया