प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कर्णाली प्रदेशको पहिलो अधिवेशन यही माघ ७ र ८ गते हुँदैछ।
दैलेख सदरमुकाममा हुने अधिवेशनको सबै तयारी पूरा भएको अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियुका प्रदेश सह–संयोजक मिजाश मल्लका अनुसार अधिवेशनमा १० वटा जिल्ला तथा विभिन्न क्याम्पस कमिटीबाट गरि एक सय ८४ जना प्रतिनिधिको सहभागिता रहनेछ।
अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना विद्यार्थी नेताले इच्छा देखाएका एक नेताले बताए।
ती नेताका अनुसार अध्यक्ष पदका लागि हालका प्रदेश संयोजक मुगुका ललित मल्ल, सह–संयोजक रूकुमपश्चिमका मिजाश मल्ल, सल्यानका राजेश वली र जाजरकोटका विवश भारतीले आकांक्षा देखाएका छन्।
207
Shares
प्रतिक्रिया