इटहरी उप महानगरका पूर्व मेयर तथा एमाले नेता द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्ने भएका छन्। एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका चौधरी पार्टी प्रवेशका लागि काठमाडौं हिँडेका छन्।
माओवादी प्रदेश १ का उपाध्यक्ष शिव डाँगीका अनुसार चौधरीलाई भोली (१६ असोज) माओवादी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।
चौधरीलाई प्रदेश सभामा उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेशको तयारी भएको उनले बताए।
चौधरीले भने, ‘प्रचण्डसँग भेटेपछि मात्रै पार्टी प्रवेश गर्ने÷नगर्ने तय हुने बताए। उनले भने, ‘अहिले नै म यसै भन्न सक्ने अवस्थामा छैन्। प्रचण्ड जीसँग भेटौँ कुरा गरौँ त्यसपछि के हुन्छ तपाँइलाई थाहा हुन्छ।’
आफ्नो नाम एमाले र माओवादी दुवै पार्टीबाट सिफारिस भएको समेत उनले बताए। उनले भने, ‘मलाई टिकटको फलाफाल छ माधब नेपालको पार्टीले समेत उमेदवार बनाउँछु भनेको छ।’
स्थानीय तहको निर्वाचनमा इटहरी उप–महानगरको उमेदवार हुन नपाएपछि उनी एमालेसँग रुष्ट थिए।
इटहरीको मेयर हुँदा उनले दिएका केही अभिव्यक्तिका कारण आलोचित हुन परेको थियो।
मेयर भएपछि पार्टीको निती नियम र निर्देशन नमानेको भन्दै पार्टी र चौधरीबीच दूरी बढेको थियो। उनी केहि महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा पनि पराजित भएका थिए।
प्रतिक्रिया