नेपाली कांग्रेसले शनिबार (आज) पनि पदाधिकारी बैठक राख्दै छ। निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची संशोधन गर्न कांग्रेसले बैठक राख्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए। बैठकबाट नाम संशोधन गरिने ती नेताले बताए।
संस्थापतइतर समूह असोज ३ गते आयोगमा बुझाइएको बन्दसूची सच्याउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि कांग्रेसको पदाधिकारी बैठक लगातार बसिरहेको छ।
गत बिहीबारदेखि लगातार पदाधिकारी बैठक बसे पनि बन्दसूची संशोधनबारे ठोस निर्णय गर्न सकेको छैन।
आयोगको कार्यसूचीअनुसार दलहरुले आइतबारसम्म बन्दसूची संशोधन गर्न पाउँछन्।
75
Shares
प्रतिक्रिया