प्रदेश १ को प्रस्तावित कोशी प्रदेश नामाकरणमा एकीकृत समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले राखेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ।
राईले राखेको ‘किरात–लिम्बूवान–सगरमाथा’ नाम राख्न संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।
राईले कोशी प्रदेश नामाकरणका बारेमा किरात लिम्बूवान संसोधन दर्ता गरेकोमा सभामुख बाबुराम गौतमले संशोधन फिर्ता लिन आग्रह गरेपनि राईले फिर्ता लिन नमानेपछि प्रदेश सभाले बहुमतले अस्वीकृत गरेको छ।
नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस कोशी प्रदेशको पक्षमा उभिएका छन् भने नेकपा एकीकृत समाजवादी र जसपा भने त्यसको विपक्षमा उभिएका छन्।
प्रतिक्रिया