प्रदेश १ संसद बैठकमा कोशी प्रदेश नामाकरण प्रस्तावको लागि मतदान सुरु भएको छ।
नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए। उनले गरेको प्रस्तावमाथि मतदान सुरु भएको हो।
कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले किराँत लिम्बुवान कोशी नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर संशोधन प्रस्ताव अस्वीकृत भएको छ।
९३ सदस्यीय प्रदेशसभामा कोशीको विपक्षमा नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद प्रस्तावको पक्षमा छन्।
कोशी प्रदेशको नामाकरणका लागि दुई तिहाई ६३ संसदको समर्थन चाहिन्छ।
मतदानअघि सञ्चारकर्मीलाई बाहिर निकालियो
कोशी प्रदेश नामाकरण प्रस्तावको लागि मतदानमा सञ्चारकर्मीलाई निकालिएको छ।
पत्रकार रहेको स्थानबाट सभामुख बाबुराम गौतमले पत्रकारलाई निकाल्न रुलिङ गरेलगतै मर्यादापालकले बाहिर निकालेका थिए।
प्रतिक्रिया