रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
मेयर पदका उम्मेदवार दीपक यादवले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।
झडपका क्रममा ६ जना प्रहरी र एकजना प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ।
झडपमा परेर गरुडा–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो।
30
Shares
प्रतिक्रिया