ad ad

मधेस


अवैध यौन क्रियाकलापको आरोपमा एउटै होटलबाट २ युवती र ५ पुरुष पक्राउ

अवैध यौन क्रियाकलापको आरोपमा एउटै होटलबाट २ युवती र ५ पुरुष पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ८:२७, सर्लाही

अवैध यौन गतिविधिमा संलग्न आरोपमा प्रहरीले रौतहटमा सातजनालाई पक्राउ गरेको छ। 

गरुडास्थित अनिता होटेल एन्ड लजमा अवैध यौन क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय (रौतहट) ले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय (गरुडा) को संयुक्त टोलीले बुधबार होटलमा छापा मारेर २ युवती र ५ पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। 

उनीहरुलाई इलाका प्रहरी कार्यालय (गरुडा) को हिरासतमा राखेर प्रहरीले थप कारबाही प्रक्रिया अघि बढाएको छ। 

‘थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट एक साताको म्याथ थप गरिएको छ’, डीएसपी यादवले नेपालखबरसँग भने, ‘उनीहरुविरुद्ध अभद्र व्यवहारमा कारबाही प्रक्रिया अघि बढाएका छौँ।’

प्रहरीले पक्राउ परेका युवती र पुरुषको नाम भने सार्वजनिक गरेको छैन। 

होटलमा व्यावसायिक रुपमा यौन धन्दा हुने गरेको भनेर स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। 

गत चैत २६ गते सदरमुकाम गौर नगरपालिका १ स्थित साहिवा ब्युटी पार्लरमा समेत अवैध यौन गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलाई पक्राउ गरेको थियो।

ब्युटीपार्लर सञ्चालन गर्ने युवतीले पार्लरको आडमा अवैध यौन धन्दासमेत गर्ने गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .