मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ।
भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
साह नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए। डा. साहलाई मधेश प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो।
36
Shares
प्रतिक्रिया