नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ।
यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीकासम्म अर्थात् काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइन्छ।
यी पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ। शनिबारदेखि यस वर्षको तिहारको यमपञ्चक सुरु हुँदैछ।
तिहारमा लक्ष्मीपूजा र भाइटीकालाई अझ विशेष रूपमा मनाइने गरिन्छ।
लक्ष्मीपूजाको साँझ घर-घरमा लक्ष्मीको पूजासहित द्वीप प्रज्ज्वलन गर्ने प्रचलन रहेको छ भने भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य एवं दीर्घायुकाे कामना गर्दै भाइटीका लगाइदिने गर्दछन्।
यसै मेसोमा शुक्रबार काठमाडौँको न्युरोडमा तिहारको लागि किनमेल गर्नेको भीड लागेको छ।
हेर्नुस् तस्बिर:
30
Shares
प्रतिक्रिया