बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी ल्यान ढिला भएको भन्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघ सडकमा उत्रिएको छ।
बुधबार बिहान नेविसंघ काठमाडौं जिल्ला कार्य समितिले नयाँबानेश्वरमा प्रदर्शन गरेको हो।
उक्त प्रदर्शनका क्रममा विद्यार्थीहरूले मेलम्चीको पानीमा भ्रष्टाचार गरेर सन्त नेता कृष्णप्रसाद भट्टराईको अपमान गरेको आरोप पनि लगाए।
रित्ता बाल्टीसमेत बोकेर सडकमा उत्रिएका उनीहरूले मेलम्चीको पानीमा अझै कहिलेसम्म ढिलासुस्ती भन्दै नाराबाजी पनि गरे।
प्रदर्शनमा विद्यार्थी र स्थानीयबासी वृद्धवृद्धासमेत उत्रिएका थिए। संसद् भवन पछाडिको सडकमा उत्रिएका उनीहरूले मेलम्ची खानेपानीमा भएको ढिलासुस्ती र लापराबहीको पनि विरोध गरेका छन्।
57
Shares
प्रतिक्रिया