समाजमा गहनाको ठूलो महत्त्व हुन्छ। अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ।
गहना शृंगार मात्रै होइन, संस्कार पनि हो। गहना पुरुष र महिलामा मात्रै फरक हुने होइन, उमेर समूहका आधारमा पनि फरक-फरक लगाइन्छ।
पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन्। विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक–फरक प्रकारका गहना लगाइन्छ।
तर अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहना लोप हुँदै गइरहेका छन्। आधुनिकतासँगै पौराणिक गहना लोप मात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ।
महिलाले लगाउने बुलाकी, मारवाडी, पोते सुन, बाला, ढुंग्री, चाँदजस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन्।
सहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभई अधिकांश ग्रामीण भेगका महिलाले पनि पुराना गहना लगाउन छाडेका छन्। सट्टामा उनीहरूले ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका गहना लगाउन थालेका छन्।
माङ्गलिक र सांस्कृतिक कार्यमा पौराणिक कालदेखि लगाउनले गरिएका गहनाप्रतिको अभिरुचिमा कमी हुन थालेसँगै यस्ता गहना बिस्तारै लोप हुँदै छन्।
बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले परम्परागत गहना लगाउने चाहनामा कमी आई आयातीत संस्कृतिले प्रवेश पाएको छ। जसले नेपाली समुदायका गरगहना लोपोन्मुख प्रायः छन्।
पहिला आम जीवनमा प्रयोग हुँदै आउने गरगहना अहिले चाडपर्व विशेष अवसरमा मात्रै प्रयोग हुने गरेका छन्।
आजको फोटोफिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले तयार पारेका लोप हुँदै गएका गहना विशेष तस्बिरहरू-
Shares
प्रतिक्रिया