पशुपतिनाथमा महाशिवरात्रिको रौनक चलिरहेको छ। दर्शन गर्न जाने भक्तजनमात्र नभई शिवरात्रि मनाउन छिमेकी देशबाट आएका साधुसन्त र बाबाहरुको कारण छुट्टै माहोल छ।
बाबाहरुमा पनि अनेक रुपधारी, नागालगायत छन्। उनीहरु बिहीबारदेखि नै पाशुपत क्षेत्रमा धुनी जगाई बसिरहेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रिका लागि भारतबाट ठूलै संख्यामा बाबाहरू आउने गर्छन्।
उनीहरुलाई पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विदाइ गर्दै आएको छ।
2.2k
Shares
प्रतिक्रिया