त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनापछिको उद्धार अभ्यास गरिएको छ। सोमबार दिउँसो आधा घण्टा विमानस्थल बन्द गरेर उक्त अभ्यास गरिएको हो।
हवाई उडान, सुरक्षा, मेडिकल तथा उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहकार्यमा विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।
विमान दुर्घटनाको जनधनको क्षति न्यून गराउने तथा विमानस्थल छिटो सञ्चालन ल्याउने तयारी कसरी गर्ने भन्नेबारेमा यस सम्बन्धी अभ्यास गरिने र यो त्यसैको निरन्तरता भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
अभ्यास कार्यक्रममा पर्यटन मन्त्री हितबहादुर तामाङ लगायत अधिकारीहरूको सहभागी थिए।
219
Shares
प्रतिक्रिया