ad ad

फोटोफिचर


दुईपटकसम्म भारतले दिएको ‘चोट’ बिर्साएर जित्दाको खुसी (तस्बिरहरू)


सरोज नेपाल
साउन १९, २०८१ शनिबार १९:२२, काठमाडौँ

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट नेपाली महिला भलिबल टोलीले भारतसँग दुई पटकसम्म व्यहोरेको हारको बदला लिएको छ। 

शनिबार दिउँसो भएको काभा महिला भलिबल नेसन्स लिगमा ३–२ को सेटमा भारतलाई नेपालले हराएको हो। दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध ऐतिहासिक जित निकाल्ने रणनीतिका साथ नेपाली टोली कोर्टमा उत्रिएको थियो। 

यो सँगै नेपाली भलिबल इतिहासमा नेपालले भारतविरुद्ध पहिलो जितको रेकर्ड राख्न सफल भएको छ। १९ औँ दक्षिण एसियाली खेलकुद र काभा च्याम्पियनसिपमा भारतलाई हराउन नसकेको नेपाली टोली यो पटक त्यो मौका खेर जान दिएन।

खेलको सुरुवातबाट नै भारतीय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पार्न सफल भएको हो। 

शनिबारको खेलमा पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो। 

दुईपटकसम्म भारतले दिएको ‘चोट’ बिर्साउन स्वर्ण जित्ने दाउमा नेपाली टोली

काभाको स्वर्ण पदक विजेतासमेत रहेको नेपाल घरेलु मैदानमा भएको अघिल्लो संस्करणमा तेस्रो भएको थियो। भारतसँग प्रतिस्पर्धात्मक खेल खेलेको नेपाली टोलीले यसपटक सशक्त प्रदर्शन गर्दै जित हात पार्‍यो।अघिल्लो संस्करण नेपाल र भारत एकै समूहमा थिए।

७ अंक भएको भारत शीर्ष स्थानमा छ भने ५ अंक रहेको नेपाल दोस्रोमा छ।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .