ad ad

राजनीति


प्रधानमन्त्री र मैले ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएको छः प्रचण्ड

 प्रधानमन्त्री र मैले ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएको छः प्रचण्ड

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ९:३१,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताएका छन्।

बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताए।

उनले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको बताउँदै त्यसलाई समाधान गर्न सरकारले काम गरिरहेको पनि बताए।

प्रचण्डले नेकपाका दुई अध्यक्षको कार्यविभाजन भएपछि पार्टीमा कुनै दुविधा नरहेको पनि बताए।

‘एक जनाले सरकार हाँक्ने र एक जनाले पार्टी हाँक्ने टुंगो लागेको छ,’ उनले भने, ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन।’

‘चुनाव जितिन्न भनेर होइन, मित्रता कायम राख्न राजमोसँग तालमेल’
प्रचण्डले वाम गठबन्धनलाई कायम राख्न बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गरिएको बताएका छन्।

उनले पार्टी निर्णयको अवज्ञा नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए।

‘चुनाव जित्नु ठूलो कुरा होइन, चुनाव जितिन्न भनेर होइन, वामगठबन्धन कायम राख्न, राजमोसँग मिलेर साझा उम्मेदवार उठाएका हौँ,’ उनले भने।

उनले एउटा पदका लागि मित्रतामा दरारा पार्न नसकिने पनि बताए।

नेकपाले राजमोका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि जिल्ला कमिटीमा असन्तुष्टि देखिएको थियो। यद्यपि वागी उम्मेदवार बनेका ले पनि केन्द्रको दबाबमा साझा उम्मेदवारलाई नै समर्थन गर्ने बताएका छन्।

उनले बाग्लुङको विकासमा आफूले सघाउने वाचा पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .